Tie
त्यो एक त्यान्द्रो कपडाको कत्रो हिम्मत
बाँ- बा
इस्त्रीले सर्लक्क पारेको shirt
झिल्के coat
अनि tie
बाफ्रे, भद्रताको त सिमै छैन
कस्तो बुद्धिमानी
उसलाई त शिक्षितको तक्मा लगाइदिनु पर्ने
अँ, छ त तक्मा,
"tie"
सायद त्यसैले बुद्धिमानी हरु कम बोल्छन् होला,
त्यो घाँटीमा न्याकिएको कपडाले कम्पनको नियमन गर्दै
शुद्धीकरण गर्दिन्छ होला
fashion को कथा झलकाउँदै
IQ टेस्ट पनि गर्ने
कस्तो multitalented,
tie
यदि तिमीलाई कसैले गम्भीरताका साथ सुनेको छैनन् भने,
तिमीमा गहिराई थप्न अनि व्यक्तित्त्व हल्दिन छँदै छ त,
tie
-crystal
Comments